अर्घाखाँचीको मालारानीमा १७ वर्षीय किशोरी मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको मालारानी ६ सकिन्धारामा एक किशोरी मृत फेला परेकी छन । माईत घर अर्घाखाँची भएपनि विवाह घर गुल्मीको धुर्कोट भएकी १७ वर्षीय रोस्नि घर्ती मगर जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

उनी फाल्गुनको ९ गतेदेखि हराएको पारिवारिक स्रोतले बताएको छ । वैशाख ४ गते दिउसो उनको शव माईती घर नजिकैको जङ्गलमा फेल परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटना संकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान अगाडी बढाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *