बाँके बाट क्रिप्टो कारोबार गर्ने दुई पक्राउ
नेपालगन्ज । यूएसडीटी क्रिप्टो करेन्सी मार्फत गैरकानुनी कारोबार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । नेपालगन्ज २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका १ बस्ने रियाज खालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो । उनीहरुले दैनिक करिब १ करोडसम्म अवैध कारोबार गरेको पाइकएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए […]
नेपालले साउदी अरबलाई ६ विकेटले हरायो
काठमाण्डौ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । नेपालका लागि गुल्सन झाले अविजित […]
लुम्बिनीमा ९ महिनामा ३४ प्रतिशत मात्र बजेट खर्च
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ३४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश सरकारले ३४.३० प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा ३२.९८ प्रतिशतमात्रै खर्च गरेको छ । चालुतर्फ ३६.९ प्रतिशत बजेट खर्च भएको छ […]
भारतको छत्तमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त, कम्तिमा २९ जना माओवादी विद्रोहीको ज्यान गएको दाबी
एजेन्सी । भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै […]
अर्घाखाँचीको मालारानीमा १७ वर्षीय किशोरी मृत फेला
जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको मालारानी ६ सकिन्धारामा एक किशोरी मृत फेला परेकी छन । माईत घर अर्घाखाँची भएपनि विवाह घर गुल्मीको धुर्कोट भएकी १७ वर्षीय रोस्नि घर्ती मगर जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन । उनी फाल्गुनको ९ गतेदेखि हराएको पारिवारिक स्रोतले बताएको छ । वैशाख ४ गते दिउसो उनको शव माईती घर […]
आज रामनवमी पर्व मनाइँदै, देशैभर सार्वजनिक बिदा
काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ। आज भक्तालुजनले […]