अर्घाखाँचीको पाणिनीमा भजन प्रतियोगिता हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। पाणिनी–६, धातिवाङमा खुला लोक भजन प्रतियोगिता हुने भएको हो।

वडाको स्वीकृत कार्यक्रम अनुसार वैशाख १ गते (नयाँ वर्षको दिन) वृहत् भजन प्रतियोगिता हुन लागेको पाणिनी-६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।‘स्थानीय तहको भूमिका अनुसार काम गरेका छौं, उनले भने, ‘परम्परा, मूल्य मान्यता, कला संस्कृति जगेर्ना गर्ने हाम्रो दायित्व हो।

’लोक संस्कृति जगेर्नाका लागि स्थानीय तहको भूमिका’ विषयमा खुला लोक भजन प्रतियोगिताको आयोजना गर्न लागिएको हो। लोक संस्कृति प्रवर्धन कार्यक्रम अन्तर्गत वडा कार्यालयले स्थानीय भजन प्रेमीहरूको मागलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको अध्यक्ष पौडेलले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीय हुने समूहलाई १२ हजार, तृतीय हुने समूहलाई ८ हजार र सान्त्वना हुने समूहलाई ४ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र दिइनेछ।

पाणिनीको धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर गुफामा आयोजना हुने भजन प्रतियोगितामा अर्घाखाँचीसहित छिमेकी जिल्ला तथा देशभरका भजन गीत समूहले भाग लिन पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *