९५ लाख रूपैयाँसहित चार जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । बाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका(९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका(३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।

उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो।

त्यसभित्र ९५ लाख १७ हजार ५ सय रूपैयाँ फेला परेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *