विश्व हात स्वच्छता दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व हात स्वच्छता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात सफा राख्न मानिसहरूलाई सचेत गराउन हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ । सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानलाई हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ । यो दिवसको […]

९५ लाख रूपैयाँसहित चार जना पक्राउ

काठमाडौं । बाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका(३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष […]

कालिकापथको हाईटेन्सन पोलको वालभित्र भेटियो एक युवाको शव र मोटरसाइकल

बुटवल । बुटवलको ठमेल उपनाम पाएको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र मोटरसाईकलसहित एक युवाको शव भेटिएको छ । कालिका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अगाडि रहेको हाईटेन्सन विद्युत पोलभित्र एक जना युवाको शवसहित एनएस २०० मोटरसाईकल भेटिएको हो । करिब २० वर्षीय युवाको अर्धनग्न अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिए । प्रहरीले घटनाको […]

परीक्षा फारम भरिदिने भन्दै अनेरास्ववियुका एक नेताले पैसा झ्वामपार्ने गरेको खुलासा

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो । कुँवर बुटवल बहुमुखी क्याम्पसका निर्वतमान स्ववीयु सदस्य […]

कपिलवस्तुमा फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–६ का ६१ वर्षीय अतवारी कोरी बिसनपुरबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कपिलवस्तुले २०५७ असार १७ गते कोरीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका कोरीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरेको प्रहरी […]

रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारामा गएराति साढे ९ बजेतिर लु।प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको थियो। चुनबाङ भित्री सडक खण्ड अन्तर्गत […]