कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा शंकास्पद वस्तु फेला परेको छ। स्थानीयले जानकारी दिएअनुसार पुल नजिकै नरिवल, कईयो, सुपारी, टिका तथा पूजामा प्रयोग हुने सामग्रीहरू भेटिएका हुन्।
शुरुआतमा शंकास्पद बस्तु भनी हल्ला फैलिएको भए पनि पछि ती सामग्री धार्मिक पूजासम्बन्धी भएको प्रष्ट भएको जनाइएको छ। घटनाबारे आवश्यक जानकारीका लागि प्रहरी समेत खटिएको थियो।


