कपिलवस्तुको विजयनगरमा तीन लाख बराबरको धनमाल चोरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा तीन लाख बराबरको धनमाल चोरी भएको छ । जिल्लाको विजयनगरमा नगद, सुन सहित उक्त मुल्य बराबरको धनमाल चोरी भएको हो ।

बिजयनगर गाउँपालिका ४ मईनवार बस्ने सुरेश कुमार चौहानको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *