जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा ३ ठाडा निवासी सुरेश गोतामेले पहिलो नयाँ तिज गित ”नाच फरर” सार्वजनिक गरेका छन ।
गित संगित प्रति अत्यन्तै रुची भएका गोतामेले पहिलो पटक आफ्ना्े पाइला यस क्षेत्रमा राख्दै आफ्नै लगानी,स्वर र अभिनयमा उक्त तीज गित बजारमा ल्याएका हुन ।
उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र जीवन्त अभिनयको समिश्रण रहेको यस सिर्जनाले सार्वजनिक हुन साथ दर्शक–श्रोताको ध्यान तान्न सफल भएको छ।गीतमा सुरेश गोतामे र श्रद्धा थापा क्षेत्रीको सुमधुर स्वर रहेको छ। म्युजिक भिडियोमा पछिल्लो समय टिकटकमा चर्चा कमाएकी सुरक्षा अधिकारी र सुरेश गोतामेको मुख्य अभिनय देखिएका छन् भिडियोको आकर्षक नृत्य निर्देशन कोरियोग्राफी विजय सारुले गरेका हुन्।
गीत शुक्रवार सुरेश गोतामे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।जहाँ दर्शक–श्रोताले यसको भरपुर साथ र माया दिने विश्वास गरिएको छ।

