Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लेखजंग थापाले सार्वजनिक गरे पूर्वपत्नीसँगको सम्बन्ध बिच्छेदको प्रमाण

काठमाडौँ । डा. लेखजङ थापाको पारिवारिक जीवनमाथि प्रश्न उठेपछि उनले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

रूपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  बाट उम्मेदवार बनेका थापाले आफ्नो व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफूमाथि नभई पार्टीमाथि नै सुनियोजित आक्रमण भएको बताएका छन्।

थापाले आफूले दुईपटक विवाह गरेको र एकजना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको कुरा स्वीकारेका छन्। उनले सम्बन्धविच्छेद भएकी श्रीमतीसँग छोराको साझा अभिभावकत्वका लागि सौहार्दपूर्ण सम्बन्ध राखेको स्पष्ट पारेका छन्।

“सम्बन्धविच्छेद भन्ने बित्तिकै एकअर्कालाई गाली गर्नुपर्छ वा मित्रभाव राख्नु हुँदैन भन्ने मलाई लाग्दैन,” उनले भनेका छन्। उनले आफ्नो निजी जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण नै भएको दाबी गरेका छन्।

थापाका अनुसार, उनले आफ्नो व्यक्तिगत जीवनको यो पाटोबारे पार्टीलाई पहिले नै जानकारी गराएका थिए। उनको बुझाइमा पार्टी नेतृत्वले कानुनी परामर्शसमेत लिएर मात्र उम्मेदवार छनोट प्रक्रियामा सामेल गरेको थियो।

एक न्युरोचिकित्सकका रूपमा १४ वर्ष काम गरिसकेका थापाले पेशागत जीवनमा सन्तुष्ट भए पनि देशमा बढ्दै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको बताएका छन्। उनले आफू ‘नेता बन्न’ नभई ‘देश बदल्ने अभियानको सहयात्री’ बन्न आएको स्पष्ट पारेका छन्।

उनले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नलाई बेथिति र विसङ्गतिमा रमाउनेहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गरेको सुनियोजित आक्रमणको रूपमा लिएका छन्। उनले आफ्नो कारणले पार्टीमा कुनै दाग नलागोस् भन्ने चाहेको पनि बताएका छन्।

थापाले उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट आफू उम्मेदवार बनेको भए पनि पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार र पालना गर्न तयार रहेको बताएका छन्।

उनले आफूमात्र नभएर ‘पुनम, जेबी, रचना, सुलभ’ लगायत सबै नेपाली रूपन्देही ३ को उम्मेदवार भएको र यो देशमा एउटा सौम्य र शान्तिपूर्ण क्रान्ति आउन लागेको विश्वास व्यक्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा सूचना