त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : अब भिजिटर पास वितरण बन्द

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताउनुभयो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार आजदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले हिजो सार्वजनिक सूचना निकाल्दै टर्मिनल भवनबाट आवतजावत गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवम् नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।

साथै ह्विल चेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *