शिवराज द्धारा निशुल्क कृत्रिम खुट्टा वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले कृत्रिम खुट्टा वितरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी पालिकाले नगर भित्र रहेका ११ जना अपांग नागरिकहरुलाई निशुल्क कृत्रिम खुट्टा वितरण गरेको हो ।
नगरपालिकाको आयोजना तथा माडवारी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशाला काठमाण्डौको सहयोगमा कृत्रिम खुट्टा वितरण गरिएको हो । कृत्रिम खुट्टा वितरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले नगरमा रहेका अपांगता भएका नागरिकहरुको लागी कृत्रिम खुट्टा प्रदान गर्न पाउँदाँ निकै खुसि लागेको बताउनु । अपांगता भएकालाई खुट्टा पाए पछि जीवन यापन सहजहुने उहाँले बताउनु भयो । नगरबासीका समस्याहरुलाई समाधान गर्न आफुहरु सदैब तत्पर रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख शिवकुमारी चौधरीले पालिकाले अपांगता भएका नागरिकलाई विगतका दिनमा वीलचियर, छडी सहयोग गर्दै आएको भए पनि कृत्रिक खुट्टा वितरण कार्यक्रम नयाँ भएको बताउनु भयो । कृत्रिम खुट्टा पाए पछि उहाँहरु पनि सपागं सरह नै हिडडुल गर्न सक्ने उप प्रमुख चौधरीले बताउनु भयो ।

कार्यक्रममा माडवारी सेवा समितिका महासचिव राजेश अग्रवालले कपिलवस्तुमा आएर यसरी सेवा गर्न पाउँदाँ हर्षित भएको बताउनु भयो । काठमाण्डौमा प्रत्येक सनिबार यस्ता कार्यक्रम गर्दै आएको भए पनि नगरपालिकाको सहकार्यमा यसरी स्थानिय तहमा सहभागि भएर सेवा गर्ने अवसर पाउनु उल्लेख्य काम भएको बताउनु भयो । खुट्टा वितरण कार्यक्रममा समितिका संयोजक अशोक कुमार अग्रवालले अगामी दिनमा खुट्टाहरुको सभिर्स थप सेवा गर्नु परे पनि निशुल्क गरिने बताउनु भयो । खुट्टा लगाए पछि केहि समस्या भए पनि सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नु भयो ।
पालिकाले ११ जना अपागं नागरिकलाई १२ वटा कृत्रिम खुट्टा वितरण गरेको छ । निशुल्क वितरण गरिएको कृत्रिम खुट्टा घुडा भन्दा माथीको लाई रु। १ लाख २५ हजार पर्ने सोहि खुट्टा ४ जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले बताउनु भयो । यस्तौ घुडा भन्दा तल प्रतिखुट्टालाई रु ६५ हजार पर्ने र सोहि खुट्टा ७ जनालाई वितरण गरिएको उहाँले बताउनु भयो ।
खुट्टा पाएपछि सेवाग्राहीहरु खुसि भएका छन । नगरपालिकाले वितरण गरेको खुट्टा गुणस्तरिया भएको र लगाउन सहज भएको चोप बहादुर जि।सीले बताउनु भयो । दुबै खुट्टा नभएका पदम राईले कृत्रिम खुटट पाए पछि आफुमा हिड्न सक्ने आत्म विश्वास बढेको भन्दै पालिकालाई धन्यवाद दिनु भयो ।पालिकाले जगमोहन सिं बुढा मगर,केशब नेपाली, चोप बहादुर बिसि, राधेश्याम यादव, धनकला देखि जैसी, मोतिलाल लोप्चन,सुनरपतिया थारु,मदन कुमार पुरी गोसाई, पदम राई, जयकिसन बानिया र ज्योति गैरेलाई कृत्रिम खुट्टा वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *