शिक्षक र सरकारबीच आज बिहान निर्णायक वार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच आज ९शनिबार० बिहान निर्णायक वार्ता हुँदैछ। वार्ता ७स्३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ।

शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्।

शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए।

शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने हिजो कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ।

हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको शिक्षक नेताहरुले बताएका छन्।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन्।

शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ। परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *