भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करोडौंको औषधी नष्ट

नेपालगञ्ज। नेपालगञ्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी हुँदा कराडौंको क्षति भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले अस्पतालको मे ।डिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको जानकारी दिए। अस्पतालमा […]
विद्यालय सञ्चालन गर्न पालिकाको दबाब, माग पूरा नभएसम्म नखोल्ने शिक्षकको अडान

नवलपुर। नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्। लामो समयदेखि शिक्षक विभिन्न माग राखेर काठमाडौँमा आन्दोलन गरिरहँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न भनेका हुन्। कावासोतीका नगर […]
दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको मृत्यु

दाङ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो । किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो । भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । […]
लुम्बिनी आएका प्रधानमन्त्री ओलीको कार्यक्रम सासंद र मन्त्रीले गरे बहिस्कार

बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । […]
सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा कपिलवस्तुवासीको औषधी उपचार अब निःशुल्क

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा अवस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा अब जिल्लावासीको औषधी उपचार निशुल्क रुपमा हुने भएको छ । बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठको विशेष पहलमा जिल्ला १० वटै पालिकाहरुले औषधी उपचार गर्दा आफ्ना पालिकावासीको उपचार खर्च भुक्तानी गर्ने व्यवस्था मिलाईएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिए । नगरप्रमुख केशवकुमार […]
ज्वाइँले गरे जेठी सासुको हत्या

इलाम । इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् । हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी […]
शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले […]
शिक्षक र सरकारबीच आज बिहान निर्णायक वार्ता

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच आज ९शनिबार० बिहान निर्णायक वार्ता हुँदैछ। वार्ता ७स्३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्। शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक […]
तराईका केही ठाउँमा आज पनि तातो लहर चल्ने, भोलि बेलुकीदेखि पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो लहर अर्थात हिट वेभको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी […]