विनायक बचत तथा ऋिण सहकारीले आयोजना गरको रक्तदानमा ३१ प्वाइन्ट रगत सङ्कलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।   श्री विनायक बचत तथा ऋिण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत सङ्कलन भएको छ । संस्थाको ११ औँ वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बाणगंगाा उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष विष्ण प्रसाद न्यौपानेले बताउनुभयो । अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभावमा छटपटाइरहेको समाचार सुनिने गरेको भन्दै त्यस्तो अवस्था आउन नदिन यस्तो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।


रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखाका सभापति शंकर पाण्डे, सहकारीका पदाधिकारी तथा सदस्यहरु, समाजसेवी राम पौडेल, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *