वडा स्तरीय युवा क्लबले गर्यो दुई परिवारलाई बन्दोबस्तीका सामाग्री हस्तान्तरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका, २ मा रहेको वडा स्तरीय युवा क्लबले स्थानीय दुई असहाय परिवारलाई बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको छ । वाणगङ्गा नगरपालिका, २ गब्दैया निवासी शालिकराम सोमै मगर र बैजलपुर निवासी महुरी थारुको परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

जाडोमा ओढ्ने बिछ्याउने लत्ताकपडा र खाद्यान्न सामाग्री बितरण गरिएको क्लबले जनाएको छ । बिगत ४ वर्ष देखि सुगर रोगले ग्रसित भइ उपचारको क्रममा एउटा खुट्टा गुमाएका सोमै महेन्द्र राजमार्ग स्थित लखनचोकको प्रतीक्षालयमा सामान्य पसल गर्दै आफ्नो दैनिकी चलाउदै आफ्नी श्रीमती देवि सोमैसंगै सोही प्रतीक्षालयमा नै बस्दै आउनु भएको छ।

त्यस्तै, वैजलपुर निवासी थारु बिगत लामो समय देखि खुट्टाको समस्याले ग्रसित हुनुहुन्छ । आफू रोगले ग्रसित भएको र आम्दानीको कुनै स्रोत नहुँदा आफुलाई दैनिकी चलाउन निकै कठिन भएको उहाले बताउनु भयो।

यसरी रोगसँग लड्दै जीवन चलाउन परेको यी दुई परिवारको दैनिकीमा केही राहत पुगोस् भन्ने उदेश्यले क्लबले सक्दो सहयोग गरेको क्लबका अध्यक्ष बिमल घिमिरेले बताउनु भयो।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष विवेक भाट क्षेत्री, क्लबका सम्पुर्ण सदस्यहरु, सन्चारकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *