प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित

जनहित अनलाईन, कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङेमा कार्यरत प्रहरी निरीक्षक बिर बहादुर सुनारलाइ मङ्सिर ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मान गरिएको छ । प्रहरीमा रहेर सेवा गर्नेहरूमध्ये मासिक रुपमा गरिने ‘महिनाको उत्कृष्ट प्रहरी’बाट निरीक्षक सुनारलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लागूऔषध नियन्त्रण, […]

वडा स्तरीय युवा क्लबले गर्यो दुई परिवारलाई बन्दोबस्तीका सामाग्री हस्तान्तरण

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका, २ मा रहेको वडा स्तरीय युवा क्लबले स्थानीय दुई असहाय परिवारलाई बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको छ । वाणगङ्गा नगरपालिका, २ गब्दैया निवासी शालिकराम सोमै मगर र बैजलपुर निवासी महुरी थारुको परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । जाडोमा ओढ्ने बिछ्याउने लत्ताकपडा र खाद्यान्न सामाग्री बितरण गरिएको क्लबले जनाएको […]

पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको ज्यान गयो दुई घाइते

जनहित अनलाईन, कपिलवस्तु । पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन […]

९ औं चन्द्रौटा महोत्सवको तयारी सुरु

जनहित अनलाईन, कपिलवस्तु ।  कपिलवस्तुको चन्द्रौटामा व्यापार संघको आयोजनामा यसपालि हुने ९ औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सुरु भएको छ। माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको घोषणा शुक्रबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा गरिएको छ। “कृषि, उद्योग, पर्यटन र व्यापारस् स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ […]

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण शुरू

जनहित अनलाईन, कपिलवस्तु । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू भएको छ । झन्डै दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामेरा ट्र्यापिङ, चिह्न पहिचान र डीएनए परीक्षण प्रविधिको […]

अस्पतालमा डाक्टर नबसे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

जनहित अनलाईन, कपिलवस्तु । चिकित्सकहरु कार्यालय समयमा कार्यस्थलमा नभएको पाए कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहका अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले यसअघि […]

चार वर्षदेखि लुम्बिनीमा थन्किएका बिजुली बस सञ्चालन आए

काठमाण्डौ । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय बस सञ्चालन हुन थालेको छ । यसअघि कानूनी समस्याका कारण सञ्चालन हुन नसकेका दुई वटा बस हिजोदेखि परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त […]

गाउँपालिका अध्यक्षले मेसिन फुटाइदिएपछि गुल्मीमा राहदानी सेवा ठप्प

गुल्मी । कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले राहदानी शाखाको स्क्यानर फुटाइदिएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरण कार्य ठप्प भएको छ । टोकन प्रणालीका कारण आफ्नो पालिकाबाट आउने सेवाग्राहीको पासपोर्ट बनाउने पालो नआएको भन्दै थापाले प्रशासनको स्क्यानर फुटाइदिएपछि राहदानी सेवा ठप्प भएको हो । बिहीबार विपद् व्यवस्थापनसम्बन्धी बैठकका लागि प्रशासन कार्यालयमा पुगेका थापाले आफ्नो पालिकाबाट पासपोर्ट बनाउन आएका […]

पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुग्यो

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै रुपन्देहीमा अहिलेसम्म पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ । सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको एक अर्ब सात करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएर अहिले पनि छानबिन गरिरहेको छ । सुप्रिम सहकारीमा रकम हिनामिना गरेको भन्दै २८ जनाविरुद्ध […]

वैदेशिक रोजगारीः पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

जनहित अनलाईन कपिलवस्तु ।  पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा लगएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा […]