लुम्बिनी भिजन कलेजद्वारा बिबिए प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई अभिमुखीकरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नम्बर ३ मा रहेको लुम्बिनी भिजन कलेजका विद्यार्थीहरूलाई शनिवार अभिमुखीकरण कार्यक्रम गरिएको छ। भैरहवा अवस्थित टाइगर प्यालेस बाइ सोल्टी होटलमा गरिएको उक्त कार्यक्रममा बिबिए प्रथम सेमेस्टरका नवआगन्तुक ४० जना विद्यार्थीहरु सहभागी थिए । कपिलवस्तु जिल्लाकै पहिलो बिबिए कलेजका रुपमा स्थापित यस कलेजले कपिलवस्तु जिल्ला लगायत छिमेकी जिल्लाका विद्यार्थीहरूलाई बिबिए पढ्नका लागि  बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न सफल भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कपिलवस्तु भिजन प्रालिका एमडी युवराज पोखरेलले छोटो समयमै उत्कृष्ट नतिजाका साथ शत् प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको कुरा बताउनुभयो। थोरै लगानी, घरकै खाना खाएर पढ्न सक्ने वातावरण रहेकोले यो कलेज धेरै विद्यार्थीहरूको उत्कृष्ट गन्तव्य बन्न सफल भएको कुरा कार्यक्रममा बोल्दै कलेजका सीइओ कृष्ण केसीले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा इन्टर नेसनल ट्रेनरको रुपमा पहिचान बनाउन सफल ट्रेनर रमेश अर्यालले विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी भविष्य निर्माणका लागि लगनशील भएर अध्ययन गर्न र बुबाआमाको सपना साकार पार्ने जिम्मेवारी विद्यार्थीहरूको भएकोले यो समय धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा उहाँले विभिन्न खेल तथा मनोपरामर्शका माध्यमबाट विद्यार्थीहरूलाई पढाइमा कसरी ध्यान एकीकृत गर्न सकिन्छ भन्‍ने कुरा समेत अभ्यास तथा खेलका माध्यमबाट जानकारी गराउनु भएको थियो ।

विद्यार्थी, उप-प्राध्यापक र अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्राध्यापक मदन मल्लको स्वागत मन्तव्य तथा सञ्‍चालन लुम्बिनी भिजन कलेजका सहायक क्याम्पस प्रमुख मनोज कुमार खत्रीले गर्नुभएको थियो भने बिबिएको पाठ्‍यक्रम तथा विषयवस्तु बारे उप-प्राध्यापक प्रकाश कडायतले सहजीकरण गर्नुभएको क्याम्पसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *