लुम्बिनी भिजन कलेजद्वारा बिबिए प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई अभिमुखीकरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नम्बर ३ मा रहेको लुम्बिनी भिजन कलेजका विद्यार्थीहरूलाई शनिवार अभिमुखीकरण कार्यक्रम गरिएको छ। भैरहवा अवस्थित टाइगर प्यालेस बाइ सोल्टी होटलमा गरिएको उक्त कार्यक्रममा बिबिए प्रथम सेमेस्टरका नवआगन्तुक ४० जना विद्यार्थीहरु सहभागी थिए । कपिलवस्तु जिल्लाकै पहिलो बिबिए कलेजका रुपमा स्थापित यस कलेजले कपिलवस्तु जिल्ला लगायत छिमेकी जिल्लाका विद्यार्थीहरूलाई […]
भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले आज सामाजिक सञ्जालबाट भरपूर समर्थन रहेकाे जानकारी दिएका हुन्। उनले उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी रहेको बताए। उनले भनेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वतस्फुर्त रूपमा जेनजीको हो, उहाँहरू भनेको २८ […]
सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध पत्रकारहरुको प्रदर्शन

काठमान्डौ । सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ । आइतबार पत्रकारहरुले काठमाडौंको माइतिघरमा सामाजिक प्लेटफर्म बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जनताको मुख थुन्न पाइदैन, सञ्जाल बन्द, आवाज बन्द, लोकतन्त्र ह्याक हुदैछ, लोकतन्त्र व्याक हुँदैछ, सरकारको निर्णय फिर्ता गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । सो क्रममा […]
दाङ बाट जुवातास खेलिरहेका १२ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्का समेत १२ जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति १ लाख ६० हजार ९ सय ४० रुपैयाँ […]
बाणगंगाले व्यवसाय करको दायरा बढाउँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नीजी विद्यालयलाई समेत करको दायरामा ल्याएको छ । आन्तरिक आम्दानी बिना समृद्ध बाणगंगाको सपना साकार हुन नसक्ने भन्दै नगरले व्यवसाय करको दायरा बढाउँदै आएको छ । नगर भित्र सन्चालनमा आएका उद्योग, व्यापारलाई करको दायरामा ल्याएको बाणगंगाले आर्थिक ऐन मार्फत नगर भित्र संचालनमा आएका नीजी तथा आवाशीय विद्यालयहरुलाई समेत करको दायरामा […]
अमृते सामुदायिक वनको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा अमृते सामुदायिक वनले साधारण सभा सम्पन्न गरेको हो । अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समुहका सचिव मीना सिंजापतिले वनको आर्थिक वर्ष […]