दाङ बाट जुवातास खेलिरहेका १२ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्का समेत १२ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति १ लाख ६० हजार ९ सय ४० रुपैयाँ नगद र १२ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *