लुम्बिनी भिजनले गर्यो कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।  कपिलवस्तुको बाणगङ्गा–३ मा अवस्थित लुम्बिनी भिजन कलेजले कक्षा १२ , बि.बि.ए. दोस्रो र बि.बि.ए चौथो सेमेस्टरको नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरिएको हो ।

सेमेस्टरको नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मान तथा बधाई कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले शिक्षाको क्षेत्रमा बाणगङ्गा नगरपालिका जिल्लामै उत्कृष्ट रहेको बताउनुभयो । बाणगङ्गाका प्रायः सबै स्कुल र कलेजहरुले हरेक तहमा सर्वोत्कृष्ट नतिजा ल्याइरहेको भन्दै अब बाहिरी जिल्लामा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उच्च शिक्षाको लागी बाणगङ्गामा प्रयाप्त कलेजहरु रहेको उहाँले बताउनुभयो ।

क्याम्पसका सि.इ.ओ. कृष्ण के.सी ले क्याम्पसले सैद्धान्तिक ज्ञानलाई मात्र नभएर व्यवहारिक तथा नैतिक शिक्षालाई समेत जोड दिएको बताउनुभयो ।


त्यस्तै क्याम्पस प्रमुख तथा कार्यक्रमका अध्यक्ष सुन्दर पाण्डेले कक्षा १२ को नतिजामा नगरमै सबैभन्दा धेरै विद्यार्थी पास गराउन सफल भएको दावी गर्नुभयो । यस क्षेत्रका अभिभावक र विद्यार्थीको चाहानालाई मध्यनजर गदै क्यामपसको गुणस्तरलाई वुद्धि गर्दै लैजाने समेत उहाँले बताउनु भयो ।


कार्यक्रममा शिक्षा प्रशासन तर्फ उपसचिव पदमा बढुवा हुनुभएका नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. लाई सम्मान गरिएको थियो । त्यातै कक्षा ११ र १२ का संयोजक अजय पाण्डे लाई सम्मान र नव आगन्तुक शिक्षक, शिक्षिकालाइ स्वागत समेत गरिएको थियो ।
क्याम्पसका शिक्षक, विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रम सहायक क्याम्पस प्रमुख मनोज खत्रीको स्वागत तथा शिक्षक सुर्य चुदालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *