बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालयहरूको विवरण सङ्कलन सुरु गरेको छ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका रोल्पा र पूर्वी रुकुम बाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीमा विशेषगरी ठूलो क्षति पुगेको जानकारी दिए।
जिल्ला, क्षेत्र र नगर तहका पार्टी कार्यालयहरू समेत आक्रमणको शिकार भएको बताउँदै पुनले क्षतिको विवरण संकलन कार्य अघि बढिरहेको र कार्यालय सञ्चालनको अवस्था तथा आगामी कदमबारे छलफल हुने बताए।
आन्दोलनकारीहरूले भदौ २४ गते प्रदेशका विभिन्न जिल्लास्थित कांग्रेसका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।


