जेन-जी सहादतको सम्झनामा शिवराजमा जुत्ताको प्रतीक राखिने

कपिलवस्तु । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त युवाको सम्झनामा शिवराज नगरपालिकाले विशेष स्तम्भ निर्माण गर्ने भएको छ । नगरप्रमुख अजय थापाले सहादतलाई जीवन्त बनाउन स्तम्भमा जुत्ताको प्रतीक समेत राखिने जानकारी दिनुभयो ।नगरप्रमुख थापाका अनुसार स्तम्भ निर्माण कार्य नगरपालिकाको  प्राथमिकतामा परेको छ । उहाँले  भ्रष्टाचारविरुद्ध ज्यान गुमाउने GeN-G सदस्यहरूको योगदानलाई नगरले सदैव सम्मान गरने समेत बताउनु भयो […]

‘जेन–जी’ आन्दाेलनमा ज्यान गुमाउनेकाे सङ्ख्या ७२ पुग्याे

काठमाण्डाै । ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ । नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै मुख्य सचिव एकनारायण अर्यालले मानवीय क्षतिबारेमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार ५९ सर्वसाधारण, १० कैदीबन्दी र ३ प्रहरी गरी ७२ जनाको ज्यान गएको हो । त्यस्तै १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १ सय ९१ जना […]

जेन–जीको आन्दोलनमा वडा कार्यालय तोडफोड आरोपमा ३ जना पक्राउ

बर्दिया । वडा कार्यालय तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा बार बर्दिया नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति वडा कार्यालय तोडफोड गरेका ६ जनामध्ये ३ जना पक्राउ परे भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको […]

कपिलवस्तु कारागारबाट भागेका एक सय ४२ कैदीबन्दी पक्राउ

कपिलवस्तु ।  गत मंगलबार बिहान कपिलवस्तु कारागार तोडफोड र आगजनी गरि भागेका एक सय ४२ जना पक्राउ परेका छन् । कारागार आगजनी हुँदा पनि २९ कैदीबन्दी नभागेर त्यहिं बसेका थिए । नभागेका २९ र भागेपछि विभिन्न ठाउँबाट पक्राउ परेका एक सय ४२ गरि एकसय ७१ जना कैदीबन्दी कपिलवस्तु कारागारमा छन् । कपिलवस्तु कारगारबाट भागेका २ सय ८८ […]

लुम्बिनीमा कांग्रेसका पार्टी कार्यालय क्षतिको विवरण सङ्कलन हुँदै

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालयहरूको विवरण सङ्कलन सुरु गरेको छ। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका रोल्पा र पूर्वी रुकुम बाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीमा विशेषगरी ठूलो क्षति पुगेको जानकारी […]

प्रधानमन्त्री कार्की भन्छिन् : ६ महिनाभन्दा बढी पदमा बस्दिन

  काठमान्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठोटका साथ काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले आइतबार पदभार ग्रहण गर्दै आफ्नो टिमले ६ महिनाभित्र जिम्मेवारी पूरा गरेर त्यसपछि जिम्मेवारी सुम्पने स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीले सबैको सहयोग माग्दै आफू रहरले प्रधानमन्त्री नबनेको बताइन […]

बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताए । शुभकामना सन्देशमा भनिएको छ‘बालबालिका […]

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

काठमाण्डौ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न […]