रास्वपाको प्रथम बाणगंगा नगर अधिवेशन सम्पन्न सभापतिमा बेल्बासे सर्वसम्मत चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगाको प्रथम नगर अधिवेशनबाट बुद्धिसागर बेल्बासे सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

कपिलवस्तुको बाणगंगास्थित पिस हिमालयन रिसोर्टमा सोमबार सम्पन्न अधिवेशनले बेल्बासेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित सभापति बेल्बासेले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्दै बाणगंगामा संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनमुखी कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवालाई राजनीतिमा सक्रिय सहभागिता गराउँदै स्थानीय समस्याको समाधानमा पार्टीलाई प्रभावकारी ढंगले अघि बढाइने बताउनुभयो ।

प्रथम अधिबेसन बाट उपसभापतिमा कृष्ण प्युठानि, सचिबमा बेदुराम पोख्रेल , सह सचिबमा दिल्लिराज अर्याल,सदस्यहरुमा खुमाकला घिमिरे, मिना नेपालि, बिमला राना कुवँर , जुना पन्थि, निर्मला आचार्य, माया थापा, राजेन्द्र थारु, लालमति , बेल्बासे ,चन्द्रबहादुर कुवँर, धिरेन्द्र बेल्बासे सर्वसम्बत निवाचित भएका हुन ।

अधिवेशनमा सासंद मोहनलाल आचार्यको प्रमुख आतिथ्यता र सासंद मन्जु भुसाल लगाएतको बिशिष्ट आतिथ्यता रहेको थियो । उक्त अधिवेशनमा पार्टीका केन्द्रीय तह देखि स्थानिय तह सम्मका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिका रूपमा देशभर जनविश्वास बढाउँदै गएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *