राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानस् रक्तदानमा ५३ प्वाइन्ट रगत सङ्कलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले आयोजना गरेको खुल्ला रक्तदानमा ५३ प्वाइन्ट रगत सङ्कलन भएको छ । प्रतिष्ठान कपिलवस्तुले प्रतिष्ठानकी सदस्य अस्मिता सुनारको जन्मदिनको अवसरमा रगतको अभावलाई पुर्ती गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदानमा उक्त रगत सङ्कलन भएको हो । पछिल्लो समय जन्मदिनको अवसर पारी विभिन्न होटल रेष्टुरेण्टमा भोज भतेर गर्ने, केक काट्ने बिकृती फैलिरहेको समयमा यसको अन्तय गर्न रक्तदान कार्यक्रम आयोजना गरेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश प्रवक्ता शिव खनालले साङ्गितिक क्षेत्रमा आवद्ध कलाकारहरु सङ्गितमा मात्र नभएर यस्ता मानवीय र सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले गरेका कामको प्रशम्सा समेत गर्नुभयो ।
त्य्यस्तै प्रतिष्ठानका जिल्ला अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष अशिम कडेल क्षेत्रीले प्रतिष्ठानले छोटो समयमै विभिन्न मानवीय तथा सामाजिक कार्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । आफ्नो कार्यकालमा प्रतिष्ठानलाई बलियो बनाएर लैजाने समेत बताउनुभयो ।

त्यास्तै जन्मदिन पर्ने अस्मिता सुनारले आफ्नो विशेष दिनमा सामाजिक तथा मानविय कार्य गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले सहयोग गरेको भन्दै प्रतिष्ठान परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । अबका जन्मदिनमा पनि निरन्तर सामाजिक कार्य गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पुर्वअध्यक्षहरु, पुर्व सदस्य, वर्तमान कार्यसमितिका पदाधिकारी, उद्योग व्यापार संघ, बाणगङ्गा राइडर्स, लायन्स क्लब अफ कपिलवस्तु, फोटोग्राफर संघ कपिलवस्तु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष अशिम कडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठाना सचिव भक्तिराम घिमिरेले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *