जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ मा अवस्थित राम दतिवन धाममा जारी महाशिवरात्रि महापर्व महारुद्राभिषेकको आज दोस्रो दिन ३४० जनालाई कम्बल वितरण गरिएको छ ।
धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराज द्वारा आफ्नै खर्चमा ३४० बढि असहाय, जेष्ठ नागरिक, साधु सन्त लगायतलाई कम्बल वितरण गरिएको सचिवालयले जनहित अनलाइन सगं बताएको छ ।
हिजो बाट सुरु भएको ४ दिने महापर्वमा धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराजको मुखार बिन्दुबाट दैनिक प्रवचन, अखण्ड होमन, भन्डरा, महारुद्री, भजन कृतन रहने छ ।
महापर्वको आज दोस्रो दिन भक्तजनको उत्साहजनक उपस्थिति सँगै स्थानियको भजन कृतन समेत रहेको रहेको थियो । रुद्राभिषेक फाल्गुन १५ गते सम्म सञ्चालन हुनेछ । बनगाई खारखानि देखि भोलि ९ बजे निशुल्क यातायात समेत रहेको सचिवालय जनाएको छ ।


