बुटवलको भाटभटेनी बाहिरबाट ग्राहकको महत्वपूर्ण कागजात सहितको झोला चोरी (भिडियो सहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवलको भाटभटेनीमा किनमेल गर्न गएका एकजना ग्राहकको झोला चोरी भएको छ । भाटभटेनी बाहिर सडकको छेउमा स्कुटरमा झुण्डाएर राखेको महत्वपूर्ण कागजात सहितको झोला चोरी भएको हो ।


गत वैशाख ८ गते कपिलवस्तु घर भएकी अनु राना मध्यान्ह किनमेलका लागि भाटभटेनी नजिकै गएकी थिइन् । किनमेल सकेर अपरान्ह साढे चार बजे बाहिर निस्किएर हेर्दा स्कुटरमा रहेको झोला नभेटेको राना बताउँछिन् । झोलामा नगद पैसा, कपडा र महत्वपूर्ण कागजात रहेको उनको भनाई छ ।

त्यसपछि उनले त्यहिँको एक सिसिटिभी क्यामेरामा जाँच गरी हेर्दा एक जना महिलाले सामान झिकेर लगेको देखिएको उनले बताइन् ।
यो विषयमा प्रहरीलाई पनि जानकारी गराइएको भन्दै खोजतलास गर्न उनलाई प्रहरीलाई आग्रह गरेकी छन् ।

प्रहरीले पनि झोला निकालेको आसंका गरे पनि प्रष्ट नभएको बताउँछ । झोला झिक्ने मान्छेको स्कुटर नम्बर पनि बुझिएको छैन । अरु भन्दा पनि मोबाइलमा मोबाइल बैङ्किङ रहेको भन्दै असुरक्षाको महशुष गरेकी छन् । मोबाइलमा महत्वपूर्ण कागजात रहेको पनि उनी बताउँछिन् ।

उनका अनुसार झोलामा केहिथान थान कपडा, नगद पाँच हजार र अरु कागजपत्र रहेका छन् ।

सिसिटिभी क्यामेरामा झोला निकाल्ने महिलाले बच्चा पनि समातेर आएको देखिएकोले सामान चोर्ने मान्छे स्थानीय नै रहेको हुन सक्ने भन्दै खोजविन गर्न प्रहरीलाई उनले आग्रह गरिन् ।

भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *