बाणगंगा- ५ कोपवामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन । कपिलवस्तुको बाणगंगा नगरपालिका- ५ कोपवामा भएको २ दिने निःशुल्क आँखा शिविरबाट ९ सय बढी लाभान्वित भएका छन् । शुक्रबार र शनिबार भएको उक्त शिविवरमा ९ सय १२ जनाले आँखा जाँच गराएको कोपवा स्वास्थ्य चौकीका प्रमुख जीवन भुसालले जानकारी दिए ।

 

जसमध्ये १३९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए ।

बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष दुनिका भुसालले वडा भित्र रहेका निम्न वर्गका र आँखाको समस्या भएका वडावासीको समस्यालाई मध्येनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

उनले वडावासीको स्वास्थ्यप्रति वडा संवेदनशिल भएर लागेको बताए । स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई वडाले प्राथमिकता दिएको उनको भनाई छ । उनले मोतियाबिन्दुका कारण दुबै आँखा देख्न नसक्ने स्थिति आउन नदिन वडाले शल्यक्रियासहितको शाँखा शिविर आयोजना गरेको प्रस्ट पारे ।

शल्यक्रियाले अन्धोपनाबाट ग्रसित हुने स्थिति आउन नदिने र पुन आँखाको दृष्टि फर्काउन सकिने उनले बताए ।

सेवाग्राहीले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको बताएका छन् । आँखा देख्न नसक्दा समस्या भएको बताउँदै उनीहरुले बुढ्यौलीमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको बताए ।

उक्त आँखा शिविर कोपवा स्वास्थ्य चौकीको आयोजना, बाणगंगा नगरपालिका वडा नं.५ को आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *