प्रकटेश्वर शिवालयमा महाशिवरात्रीको सम्पुर्ण तयारी पुरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पिपरा । बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित प्रसिद्ध धार्मिकस्थल प्रकटेश्वर महादेव मन्दिरमा भोली १४ गते बुधबार महाशिवरात्रीको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ। प्रकटेश्वर महादेव सेवा समितिको बैठकको शिवरात्रीको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ।

समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शिवरात्रीलाई व्यवस्थित र भव्य बनाउन सम्पूर्ण भक्तजनलाई जर्लापणका लागि मन्दिरमा उपस्थित हुन आग्रह गरेका छन्।

समितिका उपाध्यक्ष कृष्ण मुरारी ज्ञवालीले मन्दिरको ऐतिहासिक महत्वको चर्चा गर्दै भने, ूप्रकटेश्वर महादेवको स्थापना १९७८ सालमा स्वम् उत्पति भएकोले यो हाम्रो लागि ठुलो धार्मिक महत्वको विषय भएको बताउँदै शिवरात्रीको अवसरमा यहाँ विशेष पूजाआजा हुने र भक्तजनको ठुलो घुइँचो लाग्ने गरेको बताए ।

समितिका सचिव हिमबहादुर कार्कीले शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै भने, ूहामीले भक्तजनको लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिए । प्रकटेश्वर महादेव मन्दिरमा शिवरात्रीको अवसरमा वर्षेनी विशेष धार्मिक कार्यक्रम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *