पावर सामुदायिक वनले उत्पादन गरेको प्राङ्गारिक मलको अनगमन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको पावर सामुदायिक वनले उत्पादन गरेको पङ्गारिक मलको विभिन्न समुहरुले अनुगमन गरिरहेका छन । यस क्षेत्रमै पहिलोपटक वर्तमान समस्यालाई मध्यनजर गर्दै वनले उत्पादन गरेको मलको विभिन्न क्षेत्रका सरकारी तथा संस्थागत समुहहरुले अनुगमन गरिरहेका छन ।

यसैक्रममा आज प्युठानको सरुमारानी गाउँपालिकाको एक समुहले उक्त मल र त्यसको प्रभावकारिता सम्बन्धि अनुगमन गरेको छ । गाउँपालिकाका प्रमु्ख प्रशासकिय अधिकृत त्रिविक्रम खड्का सहितको समुहले अनुगमन गरेको वनका अध्यक्ष विर बहादुर खम्चाकी मगरले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

सो अवसरमा अध्यक्ष मगरले उक्त मल उत्पादन प्रक्रिया देखि यस क्षेत्रमा गरिएको प्रयोग बाट देखिएको प्रतिक्रिया, यस बाट डढेलो विरुद्धको फाइदा, लगायत विभिन्न विषयको बारेमा बताउनुभएको थियो । त्यस्तै उहाँले उक्त कार्यमा स्थानिय महिलाहरुले रोजगारी पाएको पनि बताउनुभयो । आफुहरुले मल उत्पादन गरेपनि स्थानिय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण बजारिकरणमा समस्या भैरहेको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिविक्रम खड्काले वनले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले आफ्नो ठाउँमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने भन्दै यस पक्रियामा सक्दो सहयोग गर्ने बताउनुभयो ।

पावर सामुदायिक वनले उत्पादन गरिरहेको उक्त मलको यो भन्दा अगाडी नवलपरासीको मध्यविन्दु सामुदायिक वनको समुहरुले पनि अनुगमन गरेको थियो ।
अनुगमनमा बाङ्गेसाल सव डिभिजन वन कार्यालयका कार्यलय प्रमुख, विभिन्न सामुदायिक वनका अध्यक्ष, पावर सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *