गाउँ बस्तीमा बसेर नगरको बजेट निमार्ण गरौ – वडा अध्यक्ष भुसाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

शितगंगा । शितगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नवराज भुसालले नगर प्रमुख तथा नगर उपप्रमुख समक्ष एक विशेष अनुरोध गर्नु भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै उहाले भन्नू भयो “स्थानिय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि शितगंगा–११ अन्तर्गत पर्ने चावदिप गाउँमा नगर प्रमुख तथा उपप्रमुखज्यूहरू एक पटक पनि आउनुभएको छैन। त्यही चावदिपस्थित मतदान केन्द्रबाट करिब ७०० जनाले मतदान गरेका थिए। ती मतदाताहरूले आफैँले निर्वाचित गरेका जनप्रतिनिधिहरूलाई आफ्नो बस्तीमा कहिले भेट्ने भन्ने प्रश्न उठाउनु स्वाभाविक हो।”

आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम निर्माणको संघारमा रहेको सन्दर्भमा उहाले विशेष आग्रह गर्दै भन् भयो , “यसपटकको नीति तथा कार्यक्रम चावदिप गाउँमै बसेर निर्माण गरियोस् भन्ने मेरो हार्दिक अनुरोध छ।”

वडाध्यक्ष भुसालले सो दिन हुने कार्यक्रमको सम्पूर्ण खर्च आफूले व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ जसले नगरपालिकालाई कुनै आर्थिक भार नपर्ने स्पष्ट उल्लेख गरेका छन्।

स्थानीय जनप्रतिनिधिले नीतिनिर्माण प्रक्रिया गाउँमै पु(याउन गरेको यस्तो प्रयासलाई चावदिपवासीहरूले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यसलाई सहभागितामूलक र जनमुखी शासन व्यवस्थाको उदाहरणका रूपमा हेरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *