कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। यही क्रममा वाणगंगा नगरपालिकाको वडा नं. ६ मा आज स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले चुनावी समीकरण नै बदलिँदै गएको संकेत दिएको छ।
घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधारसँग जोडिएका स्थानीय समस्या ध्यानपूर्वक सुने। यसक्रममा मतदाताले वर्षौंदेखि दलगत राजनीति र पुरानो नेतृत्वबाट अपेक्षित परिवर्तन नआएको गुनासो गर्दै “अब दल होइन, योग्य युवा” रोज्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा यतिबेला चुनावी माहोलले नयाँ मोड लिएको छ। दलगत राजनीतिबाट दिक्क बनेका मतदाताहरूको नजर स्वतन्त्र उम्मेद्धवार आशिष शर्मा मा केन्द्रित हुँदै गएको छ। दलका उम्मेद्धवारहरू भन्दा धेरै माथि उभिएर राजनीति गरिरहेका शर्मालाई मतदाताले केवल उम्मेद्धवारका रूपमा होइन, समाधानको प्रतीक का रूपमा हेर्न थालेका छन्।
स्थानीय माटो, समाज र समस्यालाई नजिकबाट बुझेका युवा नेता शर्माले जेन्जीदेखि वृद्धसम्म सबै उमेर समूहको भावना समेट्न सक्ने क्षमता देखाइरहेका छन्। यही कारणले पछिल्लो समय उनीप्रति आकर्षित मतदाताको संख्या ह्वात्तै बढेको देखिन्छ। क्षेत्र नं. १ का युवाहरूले त उनलाई विश्वासको पात्र का रूपमा स्वीकार गरिसकेका छन्।
सफल युवा व्यवसायीसमेत रहेका शर्मासँग वित्तीय क्षेत्रको लामो अनुभव छ। यही अनुभवका कारण उनी विकासका विषयमा भावनात्मक मात्र होइन, व्यवहारिक र परिणाम मुखी सोच राख्ने उम्मेद्धवारका रूपमा स्थापित हुँदै गएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो र समग्र पूर्वाधार—यी सबै क्षेत्रका समस्या उनले कागजमा होइन, मैदानमै देखेर बुझेका छन्।
दलगत रूपमा मैदानमा रहेका केही उम्मेद्धवारहरू पटक–पटक चुनाव जितेर गए पनि क्षेत्रको अपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो खुला रूपमा सुनिन थालेको छ। यही असन्तुष्टिले स्वतन्त्र उम्मेद्धवार शर्मालाई झनै बलियो बनाएको छ। उनी स्पष्ट रूपमा भन्छन्—
“पहिले जितेर गएकाले केही गरेनन्, अब म गर्छु। म युवा हुँ, मसँग काम गर्ने इच्छाशक्ति र क्षमता छ।”
कपिलवस्तुलाई विकास सँगै राष्ट्रिय मानचित्रमा चिनाउने स्पष्ट दृष्टिकोण सहित शर्माले चुनावी मैदानमा आफूलाई उभ्याएका छन्। पर्यटन, कृषि सम्भावना, स्थानीय उत्पादन र युवाको सीपलाई राष्ट्रिय स्तरमा लैजाने उनका एजेन्डा अन्य उम्मेद्धवारका नाराभन्दा धेरै अघि देखिन्छन्।
यही कारणले अहिले कपिलवस्तु–१ को चुनावी माहोलमा एक स्पष्ट सन्देश देखिन थालेको छ— आशिष शर्मा र अन्य उम्मेद्धवारबीच प्रतिस्पर्धा होइन, फरक स्तरको तुलना भइरहेको छ।


