कपिलवस्तुको शिवराजमा राष्ट्रिय गानबाट सेवाको शुभारम्भ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले राष्ट्रिय गानबाट सेवाको शुभारम्भ गर्ने परिपाटी बनाएको छ ।

कार्यालय शुभारम्भ हुने बिहान १० बजे सामूहिक राष्ट्रिय गान गाए पछि कार्यालयको सेवा शुभारम्भ गर्ने गरी आईतावार देखि त्यसको सुरुवात गरिएको हो । यस्तो सुरुवात गर्ने शिवराज नगरपालिकाका जिल्ला कै १० पालिका मध्ये पहिलो हो । कर्मचारीहरूलाई पोसाक,परिचय पत्र सहित कार्यालय परिसमा उभाएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो ।

कर्मचारीलाई मर्यादित अनुशासित र समयको पालना गराउन यो कार्यले मद्दत मिल्ने मेयर अजय थापाले बताए । यो कार्यले कर्मचारीहरूमा राष्ट्रियता जाग्नुका साथै समय मै कार्यालयमा उपस्थित  हुन प्रेरणा मिल्ने उनले बताए । यसले कर्मचारीमा सामूहिकता महसुस हुने र सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिल्ने बताए । ‘ यो कार्यले कर्मचारीहरूमा मनोबल बढछ, यसले राम्रो प्रतिफल पनि दिन्छ ’ मेयर थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *