महाराजगञ्ज । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा सर्पको टोकाईबाट १४ महिने बालिकाको मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका वडा नम्बर २ बस्ने संगीता पासवानको मृत्यु भएको हो ।
घरमा सुती रहेको अवस्थामा बिषलु सर्प गोबनले कानमा टोकेको र समयमै उपचार नपाउनदा उनको मृत्यु भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका ब्यवस्थापक नविन भण्डारीले वैखरी अनलाइनलाई बताए ।
रातीको समयमा सर्प टोकेपछि शिवराज अस्पताल लगीएको र थप उपचारका लागी सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ ।


