कपिलवस्तुको महाराजगञ्जका वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका. अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *