बुद्धको भूमिमा बढ्दो असुरक्षा : पूर्वमेयर सिंहको शंकास्पद मृत्युले उठाएका गम्भीर प्रश्न

विश्लेषण बिशाल राज अधिकारी, कपिलवस्तु । कपिलवस्तु भगवान बुद्धको शान्ति र अहिंसाको विश्वव्यापी सन्देशसँग जोडिएको ऐतिहासिक तथा पवित्र भूमि हो। तर पछिल्ला वर्षहरूमा शृङ्खलाबद्ध रूपमा भएका हिंसात्मक, आपराधिक तथा शंकास्पद घटनाहरूले यो जिल्लाको शान्ति-सुरक्षा अवस्था र कानुनी शासनको प्रभावकारितामाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएका छन्। हालै कपिलवस्तु नगरपालिकाका ६५ वर्षीय पूर्वमेयर किरण सिंहको तिलौराकोट साझेदारी […]