जनहित अनलाइन, कपिलवस्तु । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा जाने क्रम बढ्दो रहेको छ । गुणस्तरीय शिक्षाको खोजीमा उत्कृष्ट विश्वविद्यालय छनोट गर्दै धमाधम नेपाली विद्यार्थीहरू विभिन्न देशमा गैरहेका छन ।
यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ बाट सेवा दिँदै आइरहेको ‘स्टडी फस्ट’ ले अब कपिलवस्तुको बाणगंगाबाट समेत सेवा दिन थालेका छ । विद्यार्थीहरूको रोजाइलाई मध्यनजर गर्दै बाणगंगाको चारनम्बरबाट चाडपर्वको अवसरमा विषेश छुट सहित PTE तथा IELTS को कक्षाहरू संचाल गरिरहेको बुटवल–कपिलवस्तुका प्रमुख नेत्र भुषालले बताउनुभयो ।
कपिलवस्तुकै सञ्जीव पाण्डे प्रमुख सञ्चालक रहेको उक्त संस्थाले कपिलवस्तु र रुपन्देही लगाएतका ठाँउहरुबाट विद्यार्थीहरूलाई अनलाइन मार्फत सेवा दिँदै आइरहेको संथाले अहिले कपिलवस्तुको चारनम्बरबाट फिजिकल तथा अनलाईनअध्ययन गराइएको भुषालले बतउनुभयो । चाडपर्वको अवसरमा पहिलो १० जनालाई निशुल्क रहेको संथाले जनाएको छ ।
१५ वर्ष अगाडि देखि सेवा दिइरहेको संस्थाले अमेरिका, क्यानडा, युके, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रत्यक वर्ष २५० (३०० विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि पठाइरहेको छ ।


