कपिलवस्तुमा क्वनकिडो संघ गठन, अध्यक्षतामा अश्विन के.सी

कपिलवस्तु । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ कपिलवस्तुमा कपिलवस्तु क्वनकिडो संघ गठन भएको छ। संघको अध्यक्षमा अश्विन के।सी। निर्वाचित भएका छन्।गठित १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा मधु आचार्य, सचिवमा शेषकान्त मरासिनी, सह–सचिवमा पशुपति यादव, कोषाध्यक्षमा सन्ध्या सापकोटा रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रमुख मिनप्रसाद पोख्रेलले खेलकुदले राष्ट्रको […]

कपिलवस्तुको बाणगंगाबाट समेत सेवा सुरु गर्दै ‘स्टडी फस्ट’

जनहित अनलाइन, कपिलवस्तु । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा जाने क्रम बढ्दो रहेको छ । गुणस्तरीय शिक्षाको खोजीमा उत्कृष्ट विश्वविद्यालय छनोट गर्दै धमाधम नेपाली विद्यार्थीहरू विभिन्न देशमा गैरहेका छन । यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ बाट सेवा दिँदै आइरहेको ‘स्टडी फस्ट’ ले अब   कपिलवस्तुको बाणगंगाबाट समेत सेवा दिन थालेका छ ।  विद्यार्थीहरूको रोजाइलाई मध्यनजर […]

चालक तथा सह-चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम 

कपिलवस्तु । विद्यालय जाने बालबालिकाको सुरक्षा सुनिश्चित गर्न चालक र सहचालकको भूमिका निर्णायक हुने भन्दै कपिलवस्तुको वाणगंगामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।बाणगंगा नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा भएको कार्यक्रममा विद्यालय बसका चालक–सहचालकलाई लक्षित गर्दै सडक सुरक्षा र बालबालिकाको सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी दिइएको छ। जिल्ला ट्राफिक कार्यालय […]

शितगंगा ११ ले ल्यायो नागरिकका लागि घरपायक सेवा

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ११ ले नागरिकलाई सेवा दिनका लागि चौथो सेवा केन्द्र स्थापना गरेको छ। यस सेवा केन्द्रको स्थापनासँगै त्यस क्षेत्रका बासिन्दाले अब वडा कार्यालय पुग्न ५० किलोमिटरभन्दा बढीको दूरी धाउनु पर्ने छैन । १४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा सेवा प्रवाह सहज बनाउनका लागि दोबाटामा नयाँ सेवा केन्द्र सञ्चालनमा […]

अर्घाखाँचीमा खुल्ला तिज गित प्रतियोगिता हुने

अर्घाखाँचीमा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा अर्घाखाँचीमा जिल्ला स्तरीय खुला तिज गित प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको सहजीकरणमा उक्त प्रतियोगिता हुन लागेको हो । सामाजिक न्यायका लागि महिला सशक्तीकरणू भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८२ साल भदौ ८ […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जना घाईते

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीमा फोर्स जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन । जिल्लाको छत्रदेब गाउँपालिका बाट बुटवलका लागि छुटेको लु १ ज ४९१५ नम्बरको फोर्स जिप पाणिनी ७ एक्लेभिरमा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर दुर्घटना हुदा गाडीमा सवार ३ जना मध्ये २ जना घाईते भएका छन । १ जना सकशुल […]