अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जना घाईते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीमा फोर्स जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन ।

जिल्लाको छत्रदेब गाउँपालिका बाट बुटवलका लागि छुटेको लु १ ज ४९१५ नम्बरको फोर्स जिप पाणिनी ७ एक्लेभिरमा दुर्घटना भएको हो ।
गाडी अनियन्त्रित भएर दुर्घटना हुदा गाडीमा सवार ३ जना मध्ये २ जना घाईते भएका छन । १ जना सकशुल रहेको प्रहरी चौकी नरपानीका प्रमुख प्रहरी सहायक निरिक्षक सुर्य प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

भट्टराईका अनुसार घाइतेलाई उपचार लागि जिल्ला अस्पताल पठाईएको र गाडी दुर्घटना बारे थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *