कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्ड बैठक बस्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण अन्योलमा छ । शिक्षामन्त्रीको राजीनामापछि पेचिलो भनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छ र हुँदैन निश्चित छैन ।

यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले यसबारे छलफल गर्न मंगलबार आज बिहानका लागि बोर्ड बैठक राखेको छ । बैठकले तोकिएको मितिमा परीक्षा गर्न सक्ने वा नसक्नेबारे निर्णय लिने बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए ।

‘बोर्डले एक्लै परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारे छलफलका लागि मंगलबार बोर्ड बैठक राखिएको छ, त्यसमा शिक्षासचिवलगायतको सहभागिता रहन्छ,’ उनले भने, ‘तोकिएको समयमा परीक्षा चलाउन सक्ने वा नसक्ने निर्णय त्यही बैठकमा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *