कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले बिजयनगरमा जनसवाद तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य लोकेस थापा सहित ५८ जना रास्वपामा प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति सालिकराम घिमिरेले रास्वपा नै अहिलेको विकल्प भएको बताएका छन् । उनले सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको दाबी गर्दै जनताको साथ रास्वपालाई अझ बलियो बनाइरहेको बताए ।
पार्टी प्रवेश गर्दै लोकेस थापाले लामो समय एमालेमा रही काम गरे पनि जनताको भावना अनुसार पार्टीले काम गर्न नसकेको बताए । अब रास्वपाबाट जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परिवर्तनमा सक्रिय भूमिका निभाउने घोषणा गरे ।
कार्यक्रममा जिल्ला सभापति, केन्द्ीय विभाग सदस्य, प्रदेश प्रवक्ता, स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


