देशभरका साइकल यात्री बाणगंगाका पर्यटकीय क्षेत्रमा

कपिलवस्तु । कपिलवस्तुमा पहिलोपटक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवनशैली र स्वच्छ वातावरणको सन्देशसहित ‘प्रथम बाणगंगा साइकल यात्रा–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ । बाणगंगा राइडर्स क्लब कपिलवस्तुको आयोजनामा शनिबार आयोजित साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । “स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवद्र्धन” भन्ने […]
प्रथम कपिलवस्तु डान्स स्टारः ८ प्रतिस्पर्धी छनोट, फाइनल अडिसन सोमबार

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघद्वारा आयोजित ‘प्रथम कपिलवस्तु उद्योग व्यापार मेला’ अन्तर्गत सञ्चालन भइरहेको ‘प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी स्टेज प्रदर्शनका लागि छनोट भएका छन् । फाइनल अडिसन भने सोमबार मंसिर १ गते हुने जानकारी डान्स स्टार संयोजक असिम कंडेल क्षेत्रीले दिए । यस वर्ष पहिलोपटक आयोजना हुन […]
बुटवलको मोतिपुर खानेपानीको चुनावमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै रास्वपाको जित

बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता […]
एमाले कपिलवस्तुका जिल्ला सदस्य थापा सहित ५८ जना रास्वपामा प्रवेश

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले बिजयनगरमा जनसवाद तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य लोकेस थापा सहित ५८ जना रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति सालिकराम घिमिरेले रास्वपा नै अहिलेको विकल्प भएको बताएका छन् । उनले सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक फसाउने प्रयास […]
१६औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र

जनहित अनलाइन, कपिलवस्तु । १६ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तिव्र पारिएको छ । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी भन्ने मूल नाराका साथ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म बाणगंगाको चारनम्बर स्थित बुद्ध रंगशालामा हुन लागेको महोत्सवको तयारी तिव्र परिएको आयोजक संस्था बाणगंगा […]
प्रथम कपिलवस्तु व्यापार मेलाः मनोरञ्जन, उपहार, ज्ञान र सीपको मिश्रण

जनहित अनलाइन, कपिलवस्तु । प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा विभिन्न उपाहार, मनोरञ्जन, ज्ञान र सिपको मिश्रण पाइने भएको छ । आगामि मंसिर ५ गतेदेखि १७ गते सम्म बाणगंगा नगरपालिका ८ बोडगाउँ स्थित मायादेवी रङ्गशालामा सञ्चालन हुन लागेको मेलामा यस्तो मिश्रण पाइने भएको हो । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय […]