काठमान्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो । लगातारको वृद्धि पछि शुक्रबार सुनमा आएको यो गिरावटलाई बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँग सम्बन्धित बताएका छन् ।
त्यस्तै, सुनको मूल्य घटेपनि चाँदी भने उच्च मूल्यमा पुगेको छ । बिहीबार तोलाको ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


