आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । आज जेठ ६ गते प्रतिनिधिसभाको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले गर्ने प्रश्नको जवाफ दिने कार्यसूची छ।

यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

उनका अनुसार आज भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *