अर्घाखाँचीमा ६ नयाँ मतदान स्थल माग, शितगंगा–१३ को मुसिवान पनि सिफारिसमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला मतदान स्थाल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिका र सितगंगा नगरपालिकामा गरी ६ वटा मतदान स्थल थप गर्नको निम्ति केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो ।

वडा मतदान स्थल तथा केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ अनुसार सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो ।

सिफारिस समितिले सितगंगा नगरपालिकाको वडा नम्बर ११ को धर्मोदय मावि ढुङ्गेश्वरा, दुम्सी आधारभूत विद्यालय तुम्सी, तारा ज्योति आधारभूत विद्यालय दोबाटो त्यस्तै वडा नम्बर १३ मा मुसिवान आधारभूत विद्यालय मुसिवान मतदानस्थल बनाउन सिफारिस गरेको हो। त्यस्तै पाणिनी गाउँपालिकाको पणेनाको सरस्वती मावि र पाणिनी ३ मा सरस्वती भवन राष्ट्रिय मावि हर्राबोट खिदिम लाई नयाँ मतदान स्थल थप गर्ने निर्णय गरि केन्द्रीय निर्वाचन आयोगमा पठाएको छ ।

जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिको बैठकमा अर्घाखाँचीका क्रियाशील राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि , सुरक्षा निकायका प्रमुख विभिन्न संघसंस्थाका अध्यक्ष वा प्रतिनिधि लगायतको सहभागितामा उक्त निर्णय गरी केन्द्रीय निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *