विजयनगरमा नि:शुल्क आँखा जाँच शिविर, ४ सय ४ जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको दुई दिने नि:शुल्क आँखा जाँच शिविर सोमबार सम्पन्न भएको छ । विजयनगर आधारभूत अस्पताल बध्दौरमा आयोजित शिविरबाट कुल ४ सय ४ जनाले आँखा जाँच सेवा प्राप्त गरेका छन् । आँखा जाँचमा १ सय २९ जनामा मोतिबिन्दुकाे समस्या देखिएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । मोतिबिन्दु पुष्टि भएका […]
भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव सफल पार्न बाणगंगाको अपिल

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मंसिर ११ गतेदेखि मधुबनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रमा सुरु हुने प्रथम गौ संरक्षण आध्यात्मिक महोत्सवलाई भव्य र सफल बनाउन नगरवासी, सरोकारवाला तथा सबै संघ–संस्थालाई विशेष रूपमा सहयोग गर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले महोत्सवलाई गौ संरक्षण, धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको प्रतिष्ठित कार्यक्रमका रूपमा लिने […]
अर्घाखाँचीमा ६ नयाँ मतदान स्थल माग, शितगंगा–१३ को मुसिवान पनि सिफारिसमा

अर्घाखाँची । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला मतदान स्थाल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिका र सितगंगा नगरपालिकामा गरी ६ वटा मतदान स्थल थप गर्नको निम्ति केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो । वडा मतदान स्थल तथा […]
प्रथम कपिलवस्तु व्यापार मेला: विश्वकै सबैभन्दा अग्लो र सबैभन्दा होचो कुकुर प्रदर्शन गरिने

कपिलवस्तु । बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण व्यापक चर्चामा आएको छ। मेला आयोजक समितिका अनुसार यसपटकको व्यापार मेला प्रदेशमै नहीं होइन, देशभरकै फरक पहिचान बनाउन सक्षम हुने विशेष तयारी भइरहेको छ। मेला […]