७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा। बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग दाँत नमाझ्ने, बजारमा पाइने तयारी खाना खाने गर्दा तथा चकलेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा दाँत किराले खाने समस्या देखिएको बताए ।

६८ वटा विद्यालयमा गरेको अध्ययनमा २४ हजार एक सय ५४ जना विद्यार्थीको दाँतको अवस्था परीक्षण गरिएको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *