२०६८ सालदेखि फरार बाणगंगाका एक प्रतिवादी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा २०६८ सालदेखि फरार एक प्रतिवादी पक्राउ परेका छन । २०६८ साल चैत्र २८ गतेको फैसला अनुसार वन मुद्धामा १५ दिन कैद र १ लाख ५० हजार ४२५ रुपैया जरिवाना ठहर भै फरार रहेका बाणगंगा ५ का ४३ वर्षीय राममृष्ण थारु पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय पिपराको टोलिले बुधवार पक्राउ गरेको पिपरा प्रहरी प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनुभयो । पक्राउ परेका थारुलाई जिल्ला अदालत कपिलवस्तुमा पेश गरिएको र कारागर चलान भैसकेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *