विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ बालकहरूको सकुशल उद्धार
भैरहवा। विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ जना बालकहरूको सकुशल उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । मानव बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था “किन इन्डिया” ले विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा १३ देखि १७ वर्षका ती बालकहरूको उद्धार गरी भैरहवा ल्याइएको हो । उद्धार गरिएका बालकहरू कपिलवस्तु, अर्घाखाँची, प्युठान, गुल्मी, गोर्खा, र खोटाङका […]
कञ्चन गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी, १४ सय बढीले लिए सेवा
कञ्चन,१५ भाद्र २०८० । रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पुर्याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ नागरिक परिचय वितरण गर्ने व्यवस्था गरिएको थियो । कञ्चनका ५ वटा वडामा हरेक वडामा दुई दिनको दरले घुम्ती शिबिर […]
वन व्यवस्थापनमा नमुना बन्दै लुम्बिनी साझेदारी बन, पालिकालाई डम्पिङ साइट पनि दिने
कपिलवस्तु। रूपन्देहीको कञ्चन गाउँपलिकास्थित लुम्बिनी साझेदारी वनले सञ्चालन गरेको दिगो वन व्यवस्थापन कार्यक्रम निकै प्रभावकारी भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । विगत १० वर्षदेखि सञ्चालन भइरहेको दिगो वन व्यवस्थापनतर्फ वनले धेरै उपलब्धि हासिल गरेको स्थलगत अध्ययनबाट देखिएको हो । मंगलबार वनको कार्यालय रहेको स्थलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो भने वनले गरेको दिगो वन व्यवस्थापन […]
कपिलवस्तु नगरपालिकाद्वारा प्रहरीलाई दुर्घटना न्यूनीकरणका लागि रोड ब्यारिगेट प्रदान
कपिलवस्तु, फागुन २३ गते । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा […]
२०६८ सालदेखि फरार बाणगंगाका एक प्रतिवादी पक्राउ
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा २०६८ सालदेखि फरार एक प्रतिवादी पक्राउ परेका छन । २०६८ साल चैत्र २८ गतेको फैसला अनुसार वन मुद्धामा १५ दिन कैद र १ लाख ५० हजार ४२५ रुपैया जरिवाना ठहर भै फरार रहेका बाणगंगा ५ का ४३ वर्षीय राममृष्ण थारु पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय पिपराको […]
बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एक-पटक […]
तिनाउ खोलामा डुबेर एक सातामा दुई जनाको ज्यान गयो
पाल्पा । एक सातामा तिनाउ खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबानजिक तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७, हिलपार्कका १७ […]