१६ औ कपिलवस्तु महोत्सवमा निशुल्क स्वास्थ्य परिक्षण २ सय २४ जना लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु ।  कपिलवस्तु वाणगंगाको बुद्धरङ्गशालामा सञ्चालित  १६ औ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तेस्रो दिन आयोजित निःशुल्क स्वास्थ्य शिबिरबाट २ सय २४ जना सर्वसाधारण लाभान्वित भएका छन्।

रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा सञ्चालित विशेषज्ञसहितको स्वास्थ्य शिविरमा बिभिन्न रोगका २ सय २४ जना बिरामिले स्वास्थ्य परिक्षणको लाभ लिएको रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष लेखा शर्मा घिमिरेले जानकारी दिनु भयो।

सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको र सामान्य विरामि जाँच सेवा मेला अवधि भरी रहेको मेला स्वास्थ्य समयोजक डाक्टर रोशन भाट क्षेत्रिले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन बरिष्ठ डाक्टर नन्दु पाठक , हाडजोर्नि, नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर सम्राट पराजुली, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता आचार्य, मेडिकल अफिसर डाक्टर युनल भण्डारी र सुरज के. सी सहित पाँच जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *