१६औँ कपिलवस्तु महोत्सवका लागि बुद्धरंगशाला सिँगारिँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु  । १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। बाणगंगास्थित बुद्धरंगशाला महोत्सवका लागि दुलहीझैँ सिँगारिँदै छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने यो महोत्सवले कपिलवस्तु सहित छिमेकी जिल्लाका कृषि, पर्यटन र उद्योग, खेलकुदक्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

महोत्सव आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगाको बुद्धरंगशालामा आयोजना हुनेछ। विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, किसान तथा उद्यमीका प्रदर्शन, र मनोरञ्जनात्मक गतिविधिहरूले महोत्सवलाई आकर्षक बनाउन अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।

महोत्सवका संयोजक राजकुमार खाँणले महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा र सिङगार्ने काम व्यापक पारिएको र महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको  छ ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि. सं २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश) बताए ।

महोत्सवमा  विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, सोनो सिटी (हिउमा खेलेको अनुभूति), जलपरि, सुनामी पिङग लगायतका संरचना निर्माण तीव्र पारिएको छ । मोत्सवमा  १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले अपेक्षा गरेका छन् ।

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *